Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको चुनावी अभियान बुधबार देखि स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ९ २०७९
  • 3.9K
    SHARES

काठमाडौँ । सत्ता गठबन्धनको पहिलो चरणको चुनावी अभियान मंगलवार लिखु तामाकोशी गाँउपालिकाको खिम्ती र तिल्पुङ मा सपन्न पश्चात बुधवार देखि शुक्रवार सम्म स्थगित गरिएको छ । नेपाली हरुको दोस्रो ठुलो चार्ड तिहार पर्वका कारण चुनावी अभियान कार्तिक ९,१०र ११ गतेका लागि स्थगित गरिएको हो ।

सचिवालयका कार्यालय सचिब कृष्ण बस्नेतले एक सूचना जारी गरी तिहारको मुख्य दिन परेकोले कार्तिक ९ गतेको पुर्ब निधारीत सबै कार्यक्रमहरु स्थगित भएको जनाउनु भएको थियो ।
यस अघि असोज ३१ गते सोमबारदेखि सोहि पालिकाको नागदह बाट सुरु भएको अभियान बिजुलीकोट, सैपु, दुरागाँउ,भुजि गुप्तेश्वर,प्रिति कुभुकास्थली वाम्ती गुम्देल,चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडि, फर्पु मा सम्पन्न भैसकेका छन् ।
बुधवार ९ गतेका लागि मन्थली नगरपालिकाको वडा न २ र ३ को संयुक्त आमसभा कठजोरको मावि स्कुल परिसरमा भएको चौरमा र वडा नं ७ को भटौली स्थीत प्रसाई चोकमा गर्ने भनि तय भएको कार्यक्रम तिहार पर्वको मध्यदिन पर्ने भएकोले सारिएको सचिवालयका कार्यालय सचिब कृष्ण बस्नेतले जानकारी दिनुभयो ।
लिखु तामाकोशी गाँउपालिकाको वडा नं –७ तिल्पुङमा आयोजित कार्यक्रमका सहभागिहरु

उहाले ति कार्यक्रमहरु पछि तय गरिने र शनिवार देखि पुनः रामेछाप नगरपालिकाको ल्याङल्याङ बाट अभियान सुरु गर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा (ख) को गठबन्धन टोलीको चुनावी अभियान मंगलवार खाडादेवी गाँउपालिकाको टिमु र राकाथुमको चापबोटमा कार्यक्रम सकेपश्चात तिहारका कारण भोलि ९ गते को कार्यक्रम स्थगित गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार प्रदेशले बुधवार खाँडादेवी गाँउपालिकाको भिरापानी स्थीत भलायखर्क र मन्थली नगरपालिकाको भटौलीमा कार्यक्रम गर्ने कार्यतालिका थियो ।

प्रदेश सभा (ख) ले पनि असोज ३१ गते मन्थली नगरपपालिकाको चिसापानी वाट आफ्नो चुनावी अभियानसुरु गरेको थियो ।

गठबन्धनले सो क्षेत्रका मन्थली नगरपालिका अन्तर्गत वडा नं ९ १०,११,१२,१३,१४, दोरम्बा शैलुङ गाँउपालिकाको सबै वडा, सुनपाति गाँउपालिकाको सबै वडा र खाडादेवी गाँउपालिकाको ३ वटा वडामा कार्यक्रम सम्पन्न गरिसकेको नेपाली काँग्रेस प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४