Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको एमाले उम्मेदवारको दाबी !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 7.5K
    SHARES

काठमाडौं । रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका नेताहरूले रामेछाप जिल्लाको योजनाबद्ध विकासको योजना आफूहरूसँग रहेको बताउनु भएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल र प्रदेश सभा सदस्यका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलनकुमार घिसिङले रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको बताउनु भएको हो  ।

रामेछाप काठमाडौं पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा उहाँहरूले रामेछापको विकासको मास्टर प्लान आफूहरूसँग रहेको बताउनुभयो । जिल्लाको योजनाबद्ध विकासको जग आफू जिल्ला विकास समितिको सभापति हुँदा बसाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो ।

ढुङ्गेलले आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा जिल्लाको विकासमा धेरै काम गरेको उदाहरण पेश गर्नुभएको थियो ।
आफ्नो पालामा जिल्लामा ७० किलोमिटर सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । त्यस्तै पुल, कवर्ड हल, चिस्यान केन्द्र, अस्पताल, विद्यालय, खानेपानी, कृषि लगायतका क्षेत्रमा काम भएको ढुङ्गेलले सुनाउनुभयो ।

आफूले सुरु गरेका कतिपय योजना गठबन्धनले काटिदिएको बताउँदै ती काम पूरा गर्न र विकासका नयाँ काम गर्न आफूले उम्मेदवारी दिएको ढुङ्गेलले बताउनुभयो । प्रदेश क का उम्मेदवार शान्ति प्रसाद पौडेलले रामेछापको योजनाबद्ध विकासको गुरुयोजना एमालेको जिल्ला विकास समिति बन्दा २०५४ सालबाट सुरु भएको बताउनुभयो ।

विधिको शासन, सुशासन र जनमैत्री कानुन निर्माणको लागि आफू प्रदेश सभामा जान लागेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले आफ्नो सामाजिक क्षेत्रको अनुभव राजनीतिक क्षेत्रमा मिसाएर नागरिकको सेवा गर्न निर्वाचन लड्न लागेको बताउनुभयो ।

आफू निर्वाचित भएपछि पछाडि पारिएका समुदायको हितमा सधैँ काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४