Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध बंगलादेशको रोमाञ्चक जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनकोे रोमाञ्चक जित हात पारेको छ ।

बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि कोलिन अक्रमानले सर्वाधिक ६२ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

शीर्ष क्रमका ब्याटरलाई सस्तैमा गुमाएको नेदरल्याण्ड्सले १५ रनमा ४ विकेट गुमाइसकेको थियो ।

यस्तो स्थितिमा चाथो नम्बरका कोलिनले नेदरल्याण्ड्सको इनिङ्स उकासेका थिए । पल भान मिक्ररेनले २४ रन र स्कट इड्र्वाडले १६ रन बनाए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । बंगलादेशका लागि तास्किन अहमिदले सर्वाधिक ४ विकेट लिए । हसनले २ विकेट तथा सकिल अल हसन र सौम्य सरकारले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । बंगलादेशका लागि अफिफ हसनले ३८ रन बनाए । उनले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

ओपनर नजमुल शान्तोले २५ रन, सौम्य सरकारले १४ रन बनाए । मोदसिक होसन २० रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि पल भान र लेडले समान २ विकेट लिए । टीम प्रिङ्गेल, शारिज अहमद र बिकले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४