Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किन रोकियो कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र (संकल्प पत्र) सार्वजनिक कार्यक्रम रोकिएको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै घोषणापत्र पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको छ ।

आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट जारी गर्ने घोषणापत्र शुक्रबार नै तयार पारेको थियो । महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहेको ४१ सदस्यीय समितिले लामो समय लगाएर यो घोषणापत्र तयार पारेको हो ।

कांग्रेसले घोषणापत्र लेखन सम्पन्न कार्य शुक्रबार नै सकेको भएपनि सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण रोकिएको थियो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ४१ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको थियो ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र समितिले लेखनको सम्पूर्ण काम सकेर सार्वजनिक गर्ने तयारी गरिएको थियो । सभापति देउवा आइतबार पनि गठबन्धनको सुदूरपश्चि र कर्णाली प्रदेशमा हुने संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गएका कारण आइतबारबाट समय सोमबारका लागि सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४