Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिलेको निर्वाचन महासंग्राम : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 1.7K
    SHARES

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन महासंग्रामको रूपमा हुन लागेको बताउनुभएको छ ।

विराटनगरमा शनिवार आयोजित सत्तागठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभएको हो अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।

वर्तमान पाँच दलीय सत्तागठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन भएको जिकिर गर्दै अध्यक्ष दाहालले नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन भएको टिप्पणी गर्नुभयो ।

विस्तृत शान्तिसम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको स्पष्ट पार्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको जिकिर गर्नुभयो ।

सहमति, सहकार्यको संस्कृति निर्माण शान्तिसम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न अध्यक्ष दाहालले कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४