Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लमजुङ उपमहासचिव गुरुङको महासचिव गुरुङसँग टक्कर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 4.2K
    SHARES

लमजुङ । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमाले उपमहासचिव पृथ्बी सब्बा गुरुङ र नेकपा माआवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । दुई गुरुङबीचको प्रतिस्पर्धाले स्वतन्त्र मतदातासमेत अन्योलको अवस्थामा देखिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई उम्मेदवार बनाएर पठाएको छ भने सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ उनीसँग प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै उम्मेदवार गुरुङ भएकाले पनि यहाँको चुनावी माहोल रोचक र कडा प्रतिस्पर्धी हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव गुरङ र एमालेका पृथ्वी सुब्बा गुरुङबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिस्पर्धीबीच कस्को पल्ला भारी भन्न समेत सकिने अवस्था छैन् । दुवै उम्मेदवारले आफुलाई मतदान गर्नुपर्ने कारणहरु मतदातामाझ पप्रस्ट्याइरहेका छन् ।

०७४ सालको निर्वाचनमा देव गुरुङ, पृथ्वीसुब्बा गुरुङ र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीटमा वाम गठबन्धनले जितेको थियो । देव गुरुङले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

अहिलेको अबस्था फरक छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ । देव गुरुङ योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उनी २०७४ सालमा लमजुङबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए ।

पृथ्वीसुब्बा गुरुङ अहिलेसम्म सातौँ पटक चुनाव लड्न लागेका हुन् । उनीसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार बन्दै आएका छन् । पहिलो संविधानसभा र ७४ मा प्रदेशसभा मात्र उनले चुनाव जितेका छन् । अरु चुनाव हारेका थिए ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । स्थानीय तहको मतपरीणाम अनुसार जिल्लामा पाँच दलीय गठबन्धन अगाडी देखिन्छ ।

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । यो पटक एमालेले राप्रपा र जसपासँग चुनावी तालमेल गरेको छ । २०७४ बाम गठबन्धन रहेको थियो भने अहिले अर्को बाम लोकतान्त्रि गठबन्धन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४