Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनले सक्याे ७ वडामा वडा स्तरीय सभा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको तेस्रो दिन बुधबार लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ र उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।

दुरागाउँ र भुजीको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको समग्र समस्याको समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरे । उनले रामेछापको समस्याको बारेमा आफू पुर्ण रुपमा जानकार रहेको भएपछि जनताका हरेक समस्या समधान गर्न लाग्ने प्रतिबद्धता जनाए ।

उनले दुरागाउँ र भुजीले भोग्दै आएका समस्यामा आफू जानकार रहेको बताउँदै निर्वाचित भएपछि दुरागाउँका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । लिखुतामाकोशीको दुरागाउँ र उमाकुण्डको भुजीका युवा देखि जेष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायमा लगेर समाधानको जिम्मा आफूले लिने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले जनताले प्रदेश सरकारबाट पाउने विकासमा रामेछाप जिल्लालाई जनता सँग जोड्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा मतदान गर्न मतदातालाई अनुरोध गरे । यस अघि एमालेको बलमा चुनाब जितेका शान्ति पौडेलले प्रदेश सरकारको मन्त्री हुँदा पनि विकास निर्माणको कुनै पनि काम नभएको आरोप लगाउँदै बिशेष गरि रामेछाप प्रदेश सभा (ख) को विकास गर्ने जिम्मेवारी गठबन्धनको काँधमा आएकाले आफूहरु निर्वाचित भएपछि जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीले चुनाब जिताएका एमालेका कैलाश प्रसाद ढुंगेल र शान्ति प्रसाद पौडेलले मन्त्री हुँदा लिखुतामाकोशी र उमाकुण्डको जनताका समस्यालाई एउटा पनि संबोधन नगरेको आरोप लगाउँदै यो पटक पनि एमालेले चुनाब जिते रामेछापको विकास एक दशक पछाडि धकेलिने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका पुर्व पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले देशमा भएका ठुलठुला परिवर्तन नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा भएकाले अब देश विकासको लागि पनि गठबन्धन आबश्यक रहेको बताउँदै गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।

नेकपा माओवादी केन्द्र लिखुतामाकोशी- १ वडा कमिटीका अध्यक्ष अमर गुरुङको अध्यक्षता र नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका-७ भुजीका वडा सभापति टेक नारायण श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी गुरुङ, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेपाली काँग्रेस रामेछापका जिल्ला उपसभापति लेख बहादुर कार्की, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरु अर्जुन केसी, युवराज भट्टराई, केशब चालिसे लगायतले भनाई राखेका थिए ।

बिहिबार उमाकुण्डको गुप्तेश्वर र प्रितिमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए ।
कार्यक्रम सोमबार देखि सुरु भएको हो । याे सँगै गठबन्धनले ७ वडामा कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४