Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताएका छन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।

यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

‘हामी कसैले के नसोचौं भने चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं । त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ’ प्रचण्डले भने, ‘हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं ।’

अहिले गठबन्धनका दलहरुले एकले अर्कालाई मद्दत गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘किनकी यो गठबन्धन धेरै मिहिनेतले बनेको हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४