Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा गठबन्धनको घोषणा पत्र सार्वजनिक, लोकप्रिय नयाँ कार्यक्रम छैन, स्थानीय सरकारले गरेका काम घोषणा पत्रमा (घोषणापत्र)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 3K
    SHARES

काठमाडौं । रामेछापमा गठबन्धनले संयुक्त रुपमा घोषणा पत्र जारी गरेको छ । स्थानीय सरकारले संचालन गरिरहेका कतिपए कामलाई गठबन्धनले आगामी योजना बनाएको घोषणा पत्रमा देखिन्छ ।

संचालनमै रहेका कार्यक्रमलाई समेटेर चुनावी घोषणा पत्र जारी गरिएको पाँच पृष्ठ लामो घोषणापत्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘सविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन सरकार’ नारा सहित संविधान जारी भएपछि हुन लागेको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको घोषणा तथा आश्वासन् जारी गर्दै गठबन्धनलाई जिताउन अपिल गरिएको छ ।

प्रतिपक्षि एवं नेकपा एमालेको नेतृत्वमा सराकार हुदाँ केपी शर्मा ओलीले संविधानको मूल मर्म र भावनाबिपरित, जनताको अभिमतप्रतिकुल स्वेच्छाचारी, तानाशाही र प्रतिगामी हर्कत गर्दै पटक–पटक संविधान बिपरित संसद विघटन गर्ने दुस्साहस गर्नुलाई प्राथामिकता दिँदै त्यस किसिमको प्रतिगमन र निरङ्कुशता बिरुद्ध आम नेपाली जनभावनाको प्रतिनिधित्व गठबन्धनले गरेको दाबी गरिएको छ ।

गठबन्धनले नेकपा एमाले र त्यससँग एकाकार भएका स्वार्थ र प्रवृत्ति मिल्ने प्रतिगामी दक्षिणपन्थी अतिवादीहरु सहितको प्रतिगामी मोर्चालाई चुन्ने ? भन्ने कुरा यो मतदाताको हातमा रहेको उल्लेख गरेको छ ।

यो निर्वाचनबाट निर्वाचित हुने निर्णय र परिणामसँग मुलुकको भाग्य र भविष्य जोडिएको प्रष्ट्याउदै गठबन्धनले संविधान र यो व्यवस्थाको रक्षा र परिपालना गर्दै प्रतिगमनको बिरुद्ध दृढताका साथ उभिने नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) लगाएतका गठबन्धनरत दलहरुलाई जिताउन अपिल जारी गरिएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उमेदवारको रुपमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशमा माओवादी केन्द्रबाट ‘क’ मा तारानारायण श्रेष्ठ र ‘ख’ मा युवराज चौलागाई जिताउन गठबन्धनले अपिल गरेको हो ।

जल, जमिन, जडिबुटी, जनशक्ति र जलाधार रामेछापको समुन्नतिको प्रमुख आधार मान्दै गठबन्धनले “कृषिमा लगानी विपन्नको आम्दानी, अभियान संचालन गर्दै गर्ने, कृषिलाई थप आधुनिकीकरण, व्यवसायीकरण गर्न फलफूल, तरकारी, अन्न वाली, पशुपन्छी, माहुरी तथा माछा पालनलाई प्रोत्साहन गर्न मल, विउ विजन, विषादी तथा आवश्यकीय कृषि औजार तथा उपकरण, तालिम र कर्जाको सर्वसुलभ प्रवन्ध गर्दै कृषिलाई प्राथमिकताका साथ प्रोत्साहन गरिने घोषणा पत्रमा उल्लेख छ ।

जिल्लाभित्र पाइने जडिबुटीहरुको दिगो संरक्षण र उपयोगको कार्ययोजना बनाई संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी जिल्लाबासीको आयस्तरमा अभिबृद्धि गरिने,। रामेछाप नगरपालिकालाई जुनार पकेट क्षेत्र, उमाकुण्ड, गोकुलगंगा र दोरम्बा शैलुङ्ग गाउँपालिकालाई आलु तथा किवी एवं अलैंचीको पकेट र अन्य स्थानीय तहमा आवश्यकता अनुसारको कृषी पकेट क्षेत्र बनाई विशेष प्रोत्साहन सहितको सहुलियतका कार्यक्रम ल्याइने उल्लेख छ । यी कार्यक्रमहरु हाल पनि संचालित छ ।

जसअनुसार घटबन्धनले घोषणा पत्र हेर्दा नयाँ र लोकप्रिय कार्यक्रम ल्याउन नसकेको देखिन्छ ।

कृषिमा ‘पेटको खेत खेतको पेट’ अभियान, वडा, पालिका, प्रदेश र संघबीचको कुशल समृद्ध, सन्तुलित र दिगो विकास, ठोसे स्थित जलाशय (१७२० मे) विद्युत आयोजना, सुनकोशी -३ जलविद्युत आयोजनालाई यथासिघ्र निर्माण तथा सञ्चालन गर्ने तथा अन्य विद्युत आयोजनाहरुको सम्भाब्यता अध्ययन गरी सञ्चालन गर्न पहल गरिने, सामाजिक सुरक्षा, शुसासन तथा वित्तीय सघसंस्था, सामाजिक सुरक्षा भत्तालाई समय सापेक्ष बृद्धि गर्दै योगदानमा आधारित बनाइने, तीनखम्बे आर्थिक नीतिको एउटा पिलरका रुपमा रहेको सहकारी क्षेत्रको विकास, प्रभावकारिता र नियमनका लागि विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गरिने, भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइने जस्ता कार्यक्रम समेटिएको छ ।

जारी घोषणा पत्रमा कृषि तथा पशुपालन, सामाजिक सुरक्षा तथा सुशासन वित्तिय संघसंस्था, युवा तथा खेलकुद्,स्वास्थ्य, संस्कृति तथा पर्यटन, विद्युत तथा संचारलाई बुँदा गत रुपमा उल्लेख गर्दै घोषणा पत्र लेखिएको छ ।

यस्तो छ घोषणापत्र हेर्नुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४