Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“आर्थिक पारदर्शिता र शु-सासन सहित नगरको पहिचाहन हुने खालका काम गर्छु – प्रमुख प्रशासकिय अधिकृत पौडेल”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले रामेछाप नगरपालिकामा आर्थिक पारदर्शिता सहित नगरको पहिचाहन हुने खालका काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

बुधवार रामेछापमा आयोजित पत्रकार भेटघाटका क्रममा पौडेलले सो कुरा बताउनुभएको हो ।

आफुले यस अघि गाविस सचिव हुँदै, बिभिन्न मन्त्रालय, साविककको जिल्ला विकास र पछिल्लो समयमा २ वटा नगरपालिकामा काम गरेको अनुभव आफुसँग भएकोले प्रभावकारी काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

रामेछाप नगरवासिका आर्थिक र सामाजिक सबृद्धि नै आफ्नो चाहाना भएको भन्दै सकरात्मक काम गर्न सबैको सहयोगको खाँचो भएको बताउनुभो ।
यस अघिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे सरुवा भइ जानुभएपछि यहि असोजको दोस्रो हप्ता मात्र आफ्नो कार्यभार सम्हाल्नु भएको पौडेलले आफुले नगरमा आर्थिक पारदर्शिका, शुसासन र कुशल प्रशान लाई बढि जोड दिई बिकास निर्माणको गुणस्तरीयतालाई पनि ध्यान दिने बताउनुभयो ।

सो अबसरमा कार्यक्रम अधिकृत नारायण सुबेदीले नगरले पछिल्लो १०० दिन मा गरेका गतिबिधि र त्यस वाट प्राप्त उपलब्धिका बारेमा जानकारी गराउदै रामेछाप नगरले बिगतको तुलनामा निक्कै फड्को त मारेका तर नागरिकको चाहाना अनुसार अझै प्रभावकारी काम गर्न बाँकी नै रहेकोले अब त्यस तर्फ मात्र नगरको ध्यान जाने बताउनुभयो ।

कार्यक्रमका अबसरमा पत्रकार महासंघ रामेछाप अध्यक्ष बद्रि नयाँघरे, निवर्तमान अध्यक्ष रमेश ढुंगेल र पूर्व अध्यक्ष टिका प्रसाद भट्ट,लगाएतका पत्रकारहरुले नगरको विकास,समृद्धि र सुशासनका लागि आबश्यक सुझाबहरु दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४