Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीन नेपाल सीमा नजिकै ४६ मिनेटभित्र २ वटा भूकम्प


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्प गएको छ ।

सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको रहेको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख जयनन्द केसीका अनुसार त्यस क्षेत्रमा भूकम्पको पहिलो धक्का बेस्सरी महसुस भएको थियो ।

‘भूकम्प लगत्तै यहाँका मानिसहरु खैला बैला गर्दै बाहिर निस्किएका थिए, यहाँ कुनै क्षति भएको छैन,’ केसीले भने, ‘डाँडाकाँडाबाट ढुंगा झर्छकी भन्ने थियो त्यसो भएन । तर भूकम्पले बेस्सरी हल्लायो ।’

पहिलो धक्का काठमाडौ उपत्यकासहित आसपासको क्षेत्रमा पनि महसुस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४