Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमनिर्वाचनमा स्वतन्त्रको लर्कोः शीर्ष नेताको निदहराम, जनतालाई नयाँ प्रतिनिधि छान्ने विकल्प


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । लोकतन्त्रका लागि आमनिर्वाचन सधैं नयाँ र विशेष हुन्छ । पुराना दलहरुलाई नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश अनुसार नीतिमा परिमार्जन गर्ने, पार्टीमा सम्भावना भएका नयाँ अनुहारलाई सक्रिय राजनीतिक नेतृत्वमा स्थापित गराउने अवसर निर्वाचनले नै दिन्छ । आमजनताले पनि नयाँ नेतृत्व चुन्ने या पुरानालाई नै फेरि दोहोरिन मौका दिने भन्ने निर्णय गर्ने अवसर पाउँछन् । होइन, पुराना दलहरुका नीति र नेताहरुको काम गराई राम्रो नलागे नयाँ दलका नेताहरुलाई राष्ट्रको नेतृत्वका लागि छान्ने वा कुनै पनि दलसँग आबद्ध नभएका तर उच्च राजनीतिक चेत भएका स्वतन्त्र उम्मेदवारलाई आफ्नो मत दिएर नेतृत्व तहमा पुर्याउने भन्ने जनताले निर्णय गर्ने अवसर पनि आमनिर्वाचनले नै दिन्छ ।

यो निर्वाचनले यी अवस्था पूरा त अवश्य गर्नेछ नै, त्यसैमा पनि अझ खास लाग्दैछ । मंसिर ४ मा प्रतिस्पर्धा गर्न सत्ताको नजिक नभएका विभिन्न खालका नयाँ दलका नेताहरु तथा दलमा संलग्न भएर अलग भएका वा उच्च राजनीतिक चेत भएका तर कुनै दलसँग कहिल्यै संलग्न नभएका स्वतन्त्र उम्मेदवारहरुको ठूलो संख्या चुनावी मैदानमा छ । किन यति धेरै स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आए ? यिनीहरुले ठूला दलका शीर्ष नेताहरुलाई सक्रिय राजनीतिबाट बिदा गर्न सक्षम होलान् ? अहिलेको चासोको विषय बन्न गएको छ ।

ठूला दलका नेताहरुलाई नै बारम्बार छान्नुपर्ने तर उपलब्धि नगन्य भएको देखिरहेका आमजनताका लागि केही गरेर देखाउँछौं भन्ने सक्रिय तथा स्वतन्त्र उम्मेदवारहरु मैदानमा उत्रदा अबको विकल्प बन्ने त होइनन् ? ठूला दलका शीर्ष नेताहरुलाई नै डरले घेर्न थालेको छ । नेपालको राजनीतिक परिदृश्यलाई हेर्दा ठूला दल जसले लामो समय राष्ट्रिय राजनीतिको लगाम आफ्नो हातमा लिइरहेका छन्, उनीहरुले विकासलाई गति दिन नसकेको, दलाल पुँजीवादलाई बढाएको, भ्रष्टाचारलाई बढाएको आमजनताको बुझाई छ । त्यसलाई रोक्ने भन्दै विकल्पका रुपमा आएका साना दलहरु उदाउने अस्ताउने भइरहेका छन् । २०४६ सालदेखि अहिलेसम्म कांग्रेस, एमाले, माओवादी केन्द्रबाहेक अन्य दलहरु विकल्पका रुपमा अगाडि आउन सकेका छैनन् ।

पूर्वपञ्चहरु संलग्न दल राप्रपा, मधेश केन्द्रित दलहरु जनता समाजवादी, लोकतान्त्रिक समाजवादी जस्ता दलहरु यिनै ठूला दलका सरकार बनाउने सहयोगी मात्रै बन्न गएका छन् । यी दलहरु पनि कसैसँग द्रह्रो सैद्धान्तिक गठबन्धनमा होइन सत्ताको अवसर कता पाइन्छ त्यतै लाग्ने गरेका छन् । यही राजनीतिक मेसोमा अहिले सशक्त रुपमा स्वतन्त्र युवाहरु चुनावी मैदानमा उत्रिएर यी ठूला दलका शीर्ष नेताहरुलाई टक्कर दिन कस्सिएका छन् । ठूला दलका नेताहरुलाई नै बारम्बार छान्नुपर्ने तर उपलब्धि नगन्य भएको देखिरहेका आमजनताका लागि केही गरेर देखाउँछौं भन्ने सक्रिय तथा स्वतन्त्र उम्मेदवारहरु मैदानमा उत्रदा अबको विकल्प बन्ने त होइनन् ? ठूला दलका शीर्ष नेताहरुलाई नै डरले घेर्न थालेको छ ।

आगामी निर्वाचनका लागि ठूला दलहरु एक्लै प्रतिस्पर्धा गर्दै छैनन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन छ भने उता एमाले राप्रपा र जनता समाजवादी पार्टीको अर्को गठबन्धन छ । एक त यी दलका शीर्ष नेताको सम्भावना भएका र सक्षमलाई अवसर दिनेभन्दा आफ्नालाई अवसर दिने प्रवृत्ति, अर्को, गठबन्धन गरेर जानुपर्दा समीकरण मिलाएर जानुपर्दा सबैलाई टिकट दिन नसकिने हुँदा यी दलका कयौं नेताले विद्रोह गरेर बागीमा उठेका छन् । यिनीहरु पनि राजनीतिक रुपमा सक्रिय हुँदै आएका र शीर्ष नेतामाथि प्रश्न गर्ने क्षमता राख्ने भएकाले ठूला दलका शीर्ष नेताहरुको टाउको दुखाई बनेका छन् ।

स्वतन्त्र रुपमा उठेका र सम्भावना भएका उम्मेदवारहरुले दलाल राजनीतिलाई अगाडि बढाइरहेका ठूला दलका शीर्ष घेरामा रहेका नेताहरुलाई हराउन सके भने राजनीतिको स्वरुप नै फेरिनेछ । स्वतन्त्र रुपमा उम्मेदवार भएका व्यक्तिहरुलाई जनताले जिताए भने उनीहरुले सरकारको नेतृत्व गर्न नसके पनि संसदमा दह्रो आवाज उठाउने छन् ।

यस्ता बागीलाई प्रतिस्पर्धी अर्का दलले सकेसम्म उपयोग गरेर मुख्य दलका प्रभावी उम्मेदवारलाई हराउने दाउमा लागेको पनि देखिन्छ । यस्तो अवस्थामा राजनीति दलका शीर्ष नेताले सोचेभन्दा फरक रुपमा नतिजा अगाडि आउने सम्भावना छ । अहिले जनतामा ठूला दलका काम गराई, शीर्ष नेतृत्वको दम्भ र निषेधको राजनीति तथा लोकतान्त्रिक दलका सामन्ती केन्द्र जस्ता भएकाले राजनीतिक चेत भएका र जनतामा भिजेका स्वतन्त्र उम्मेदवारलाई जनताले छान्न सक्ने सम्भावना बढी छ ।

आगामी निर्वाचनमा स्वतन्त्र रुपमा उठेका कतिपय त पार्टीमा अवसर नपाएर बागी बनेका हुन् । कतिपय साँच्चै सक्षम पनि छन् नै उनीहरुलाई पार्टीले अवसर दिनैपर्थ्याे तर कतिपय त आफूलाई त्यत्तिकै ठूलो र सक्षम ठान्नेहरु छन् । आफूलाई त्यत्तिकै ठूलो र सक्षम ठान्नेहरुमा धैर्य, नीतिमा इमान्दारिता नभएको देखिन्छ । राजधानी शहर काठमाडौंका विभिन्न निवार्चन क्षेत्र र देशभरका अन्य निर्वाचन क्षेत्रमा स्वतन्त्र उठेका कतिय व्यक्तिहरु वातावरण संक्षण र नदी दोहनविरुद्ध आवाज उठाइरहेका, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आवाज उठाइरहने नागरिक समाजका अभियन्ता, राज्यबाट भइरहने भ्रष्टाचारविरुद्ध आवाज उठाइनेहरु छन् ।

कतिपय लामो समय निष्ठाको राजनीति गरेका, लोकतन्त्रका लागि आफ्नो जीवन समर्पण गरेका तर शीर्ष नेतृत्वको सधैं कोपभाजनमा परेका नेताहरु छन् । जसको जनतासँग सिधा सम्बन्ध छ । पछिल्लो समय, पेशागत क्षेत्रमा विज्ञता हासिल गरेका प्राविधिक क्षेत्रका व्यक्तिहरु पनि स्वतन्त्र उम्मेदवार बन्ने लाममा छन् । यिनले ठूला दलका नेतृत्व पंक्तिलाई थर्कमान बनाउने छन् ।

स्वतन्त्र रुपमा उठेका र सम्भावना भएका उम्मेदवारहरुले दलाल राजनीतिलाई अगाडि बढाइरहेका ठूला दलका शीर्ष घेरामा रहेका नेताहरुलाई हराउन सके भने राजनीतिको स्वरुप नै फेरिनेछ । स्वतन्त्र रुपमा उम्मेदवार भएका व्यक्तिहरुलाई जनताले जिताए भने उनीहरुले सरकारको नेतृत्व गर्न नसके पनि संसदमा दह्रो आवाज उठाउने छन् ।

दलगत राजनीतिले संस्थागत स्वरुप दिन्छ, विशेष नीति अनुसार राज्यसंयन्त्र अगाडि बढ्छ । त्यस्तो अवस्था स्वतन्त्रबाट हुँदैन तर व्यक्तिको सक्रियता, उच्च राजनीतिक सोच र विकास गर्ने हुटहुटी तथा जनतासँग सिधा सम्पर्कले ठूला दलहरुबाट भएका दलाल राजनीति, भ्रष्टाचार, अनियमितताको सशक्त विरोध हुन्छ । त्यस्तै जनताका समस्यालाई दलका उम्मेदवारले भन्दा स्वतन्त्रबाट बढी मुखरित हुन सक्छन् । जसले गर्दा सरकार सुधारिन बाध्य हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४