Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाका उम्मेद्वारले चुनाव जित्न अधिकतम ३३ लाख खर्च गर्न पाउने “कान्छाराम र ढुङ्गेल”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 3K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । रामेछापमा गठबन्धनको तर्फवाट (नेपाली कांग्रेस र माओवादी) बाट कांग्रेस सभापति पूर्णबहादुर तामाङ् (कान्छारा) ले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गरेका छन् ।

त्यस्तै गठबन्धनबाट बाहिरैदै नेकपा एकिकृत समाजवादीबाट देवशंखर पौडेलले प्रतिनिधि सभामा उम्मेद्वारी दिएका छन् । भने नेकपा एमालेको तर्फबाट जिल्ला पार्टी ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले उम्मेद्वारी दिएका छन् । अन्य पार्टीहरुले पनि प्रदेश र प्रतिनिधि सभामा उम्मेद्वारी दिएका छन्  । तर, हालसम्मको माहौल हेर्दा गठबन्धन र एमालेका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

जसअनुसार रामेछापमा प्रतिनिधि सभा तर्फ कूल अधिकतम ३३ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने निर्धारण गरिएको आयोगले जारी गरेको सूचीमा उल्लेख गरिएको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

जारी सूचीमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् ।  यीमध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य रहेका छन् ।

त्यस्तै रामेछापमा कूल ९२ हजार ६९ जना पुरुष र ८८ हजार ३७ जना महिला गरि कूल १ लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।  त्यस्तै ९६ वटा मतदान स्थल कायम भएको छ । भने २२६ वटा मतदान केन्द्र रहेका छन् । 

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् सूची यस्तो छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४