Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुस्तीका २० मध्ये एपीएफलाई ९ स्वर्ण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 2.9K
    SHARES

कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी तथा लुम्बिनी प्रदेशले १/१ स्वर्ण पदक जितेका छन ।

एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन साह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जिते ।

आर्मीका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीको महिलातर्फका आर्मी र सुदूर पश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक जितेका हुन ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

सुदूरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४