Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघ र प्रदेशबाट इजाजत लिएका व्यवसाय महानगरमा पनि दर्ता गर्नुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । संघ र प्रदेशबाट इजाजत लिएका व्यवसाय पनि काठमाडौँ महानगरमा दर्ता गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ।

मंगलबार १ कात्तिक मा एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाको राजश्व विभागले संघीय र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरु समेतले काठमाडौँ महानगरपालिकामा व्यवसाय दर्ता गर्न आग्रह गरेको हो ।

साथै, काठमाडौँ महानगरपालिकाले अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने जनाएको छ।

सूचनामा भनिएको छ काठमाडौँ‘महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा ९ग० बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने व्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ।

साथै काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बँदा नं। ३ बमोजिम आर्थिक वर्ष २०७२र०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने व्यहोरा समेत सार्वजनिक रूपमा जानकारी गराइएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४