Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपको बयान : सँगै बसेको हो, बलात्कार होइन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।

प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैं भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् । उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटलमा बसौं भनेको उल्लेख गरेका छन् । ‘उनले नै होटलमा बसौं भनेपछि बसेको हो, नत्र त्यहाँ बस्ने नियत थिएन’, लामिछानेले भनेका छन्, ‘छुट्टाछुट्टै कोठा बुक गर्न खोजे पनि त्यसदिन खाली नभएपछि कोठा नम्बर ३०५ मा नै बस्नुपरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसी टीभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए । पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटकपटक जबरजस्ती करणी गरेका थिए । पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनलाई निलम्बन गरेको थियो । लामिछाने त्यसबेलासम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनले नेपाल आएर आरोपको कानूनीरुपमा सामना गर्ने बताएका थिए । तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी गरेपछि लामिछाने दबाबमा परेका थिए । अमेरिकाको फ्लोरिडामा उनलाई एफबीआई (फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन) ले लोकेट गरेपछि लामिछानेले आत्मसमर्पण गर्ने भन्दै स्ट्याटस लेखेका थिए । विकल्पहरु सकिएपछि लामिछाने २० असोजमा काठमाडौं आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । हाल सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४