काठमाडौं । नेकपा एमाले रामेछापका अध्यक्ष एव प्रदेश सभा ख का समानुपातिक तर्फका उम्मेदवार आनन्दकुमार श्रेष्ठले नेकपा एमालेका हरेक कार्यकर्ता सिर्जनात्मक र रचनात्मक हुनु पर्ने बताउनुभएको ।
नेकपा एमाले दोरम्बा शैलुङ, गाउँपालिका कमिटीले सोमबार दोरम्बामा आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पार्टीका नेता कार्यकर्ता जो जुन ठाउँमा छन् त्यसले त्यही ठाउँबाट आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु पर्ने बताउनुभयो ।
अहिले सबैको दायित्व मङ्सिर ४ को निर्वाचन एमालेलाई जिताउने भएको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धन भित्रका किचलो र त्यहाँ भित्रका उम्मेदवार एमालेले मात्र होइन जनताले पनि हेरिरहेका उहाँले बताउनुभयो ।
पार्टी भित्र केही असन्तुष्टि छन् भने पनि ती सबैलाई थाँती राखेर निर्वाचनको युद्ध मोर्चामा पार्टी लागेको श्रेष्ठले बताउनुभयो । यो निर्वाचनलाई एउटा नेता छान्ने अवसरको रूपमा मात्र नलिएको उहाँले बताउनुभयो ।
यो निर्वाचनलाई जागरणको अभियानको रूपमा एमालेले अघि बढाएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले एमालेले नागरिकको जीवन परिवर्तन गर्ने नीति बनाएको बताउनुभयो । नागरिकको आत्मबल बलियो बनाउनको निम्ति पनि मङ्सिर ४ को निर्वाचन भएको उहाँले प्रष्ट पर्नुभयो ।
उहाँले मतदातालाई समाजलाई असल बाटोमा लैजानेकी भ्रष्ट बनाउने ? भन्दै प्रश्न गर्नुभयो ।