Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टरनेटमा तपाईँका अधिकार र कर्तव्यका बारेमा थाहा छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 2.5K
    SHARES

काठमाडाैं । विश्वभरि लगभग ६९ प्रतिशत मानिसले इन्टरनेट चलाउँछन्। जनसांङ्खिक हिसाबले भन्ने हो भने वर्ल्ड पपुलेशन रिभ्युका अनुसार ४.९ अर्ब मानिसले इन्टरनेट चलाइरहेका छन्। इन्टरनेट चलाउनेको संख्या हरेक वर्ष चार प्रतिशतले बढिरहेको छ। वर्ल्ड पपुलेशन रिभ्युका अनुसार नेपाल तीन करोडभन्दा धेरैले इन्टरनेट चलाउँछन। एकै मानिसले एक भन्दा बढी डिभाइसबाट इन्टरनेट चलाइरहेका हुनाले तीन करोडभन्दा बढी नेपालीले इन्टरेनट चलाएको देखिएको हो।

तर विश्व बैंकको एक तथ्याङ्क अनुसारचाहि ३८ प्रतिशत नेपालीले इन्टरनेट चलाउँछन। त्यसमध्ये तपाईँ पनि एक हो। तर तपाईँलाई इन्टरनेटमा अधिकार र कर्तव्यका बारेमा थाहा छ? डिजिटल राइट्स नेपालका अनुसार इन्टरनेटले मानवअधिकारको कार्यान्वयनमा अभूतपूर्व अवसरहरू प्रदान गरेको छ। हाम्रो दैनिक जीवनमा यसको भूमिका महत्त्वपूर्ण रूपमा वृद्धि हुँदैछ। त्यसैले सार्वजनिक र निजी दुवै पक्षले इन्टरनेटमा मानवअधिकारको सम्मान र संरक्षण गर्नु आवश्यक छ।

मानवअधिकारलाई अधिकतम हदसम्म प्रत्याभूत गर्ने तरिकाबाट इन्टरनेट चल्नेछ र यसको विकास हुनेछ भनी सुनिश्चित गर्नका लागि पनि आवश्यक कदमहरू चालिनु पर्ने डिजिटल राइट्स नेपालको भनाई छ। अधिकारमा आधारित इन्टरनेटको दृष्टिकोण साकार पार्न १० अधिकार र सिद्धान्तहरू तयार गरिएका छन्। ति हुन:

सार्वभौमिकता र समानता: सबै मानिस जन्मजात स्वतन्त्र छन् र उनीहरू मर्यादा र अधिकारमा समान हुन्छन्। यस कुरालाई अनलाइन वातावरणमा सम्मान, संरक्षण र परिपूर्ति गरिनु पर्छ।

अधिकार र सामाजिक न्याय: इन्टरनेट मानवअधिकारको प्रवद्र्धन, संरक्षण, परिपूर्ति गर्ने र सामाजिक न्याय अभिवृद्धि गर्ने स्थान हो। अनलाइन वातावरणमा सबैको मानवअधिकारको सम्मान गर्नु सबैको कर्तव्य हो। पहुँच: प्रत्येक व्यक्तिलाई सुरक्षित र खुला इन्टरनेट पहुँच र प्रयोगको समान अधिकार छ।

अभिव्यक्ति र संगठन: प्रत्येक व्यक्तिलाई पूर्व प्रतिवन्ध वा अन्य हस्तक्षेप बिना इन्टरनेटमा स्वतन्त्र रूपमा सूचना खोज्ने, प्राप्त गर्ने र प्रवाह गर्ने अधिकार छ। प्रत्येक व्यक्तिलाई सामाजिक, राजनीतिक, सांस्कृतिक वा अन्य उद्देश्यका लागि इन्टरनेटको माध्यमबाट र इन्टरनेटमा स्वतन्त्र रूपमा संगठित हुने अधिकार पनि छ।

गोपनीयता र तथ्याङ्क संरक्षण: प्रत्येक व्यक्तिलाई अनलाइन गोपनीयताको अधिकार छ। यसअन्तर्गत निगरानीबाट स्वतन्त्रता, इन्क्रिप्शन (कूटलेखन) प्रयोग गर्ने अधिकार र अनलाइन अज्ञातताको अधिकार समावेश छ। प्रत्येक व्यक्तिलाई व्यक्तिगत तथ्याङ्क सङ्कलन, नियन्त्रण, प्रशोधन, खारेजी तथा खुलासामा नियन्त्रण लगायत तथ्याङ्क सुरक्षाको अधिकार पनि छ।

जीवन, स्वतन्त्रता र सुरक्षा: जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारलाई अनलाइनमा सम्मान, संरक्षण र परिपूर्ति गर्नुपर्छ। अनलाइन वातावरणमा यी वा अन्य अधिकारहरू उल्लङ्घन गर्न यसको प्रयोग गरिनु हुँदैन।

विविधता: इन्टरनेटमा सांस्कृतिक र भाषिक विविधता प्रवद्र्धन गरिनु पर्छ र अभिव्यक्तिको बहुलतालाई सहज बनाउन प्राविधिक र नीतिगत नवीनतालाई प्रोत्साहन गरिनुपर्छ।

नेटवर्क समानता: व्यापारिक, राजनीतिक वा अन्य आधारमा भेदभावपूर्ण प्राथमिकता, फिल्टरिङ वा ट्राफिक नियन्त्रणबाट मुक्त, इन्टरनेटको सामग्रीमा सबैलाई विश्वव्यापी र खुला पहुँच हुनेछ।

मापदण्ड र नियमन: इन्टरनेटको संरचना, सञ्चार प्रणाली तथा दस्तावेज र तथ्याड्ढसम्बन्धी ढाँचाहरू खुला मापदण्डमा आधारित हुनुपर्छ जसले पूर्ण अन्तरसञ्चालनशीलता, समावेशीकरण र सबैका लागि समान अवसर सुनिश्चित गर्दछ।

गभर्नेन्स: मानवअधिकार र सामाजिक न्यायले कानूनी र मानक आधारहरू सिर्जना गर्नुपर्छ जसको आधारमा इन्टरनेट सञ्चालन र नियन्त्रित हुनुपर्छ। यो खुलापन, समावेशी सहभागिता र जवाफदेहिताको सिद्धान्तमा आधारित पारदर्शी र बहुपक्षीय रूपमा हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४