Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको टिम प्रदेश “ख” रामेछापले भोलीदेखि संयुक्त चुनावी सभा गर्ने, कुन गाउँपालिकामा कहिले ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 4.8K
    SHARES

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन सहित निर्वाचनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र रामेछाप प्रदेश सभा ‘ख’ ले संयुक्त रुपमा चुनावी सभा गर्ने भएको छ ।

भोलि सोमबार ३१ गतेदेखि मन्थली नगरपालिकाबाट सुरु भएर आउँदो कात्तिक १५ गते मन्थली नगरपालिकामै टुङ्ग्याउँदै सभा गर्न लागेको नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति राजेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रममा क–कसले सम्बोधन गर्ने भन्नेमा भने अन्यौलता भएको उनी बताउँछन् । ‘नेताहरूलाई भन्यो भने बहाना-बाजी गर्न थालेका छन् । कार्यक्रम तय भयो तर, सम्बोधन गर्नेको भने टुङ्गो छैन उनले भने ।

यद्दयपी सम्बन्धित गाउँपालिकाका सभापति, अध्यक्षहरूले सम्बोधन गर्ने, उपस्थिति जनाउने उनको आँकलन छ । प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रबाट युवराज चौलागाई प्रदेशसभा सदस्यको लागि गठबन्धनको तर्फबाट उम्मेद्वार छन् ।

कार्यक्रम संयोजक समेत रहेका श्रेष्ठ अनुसार संयुक्त रुपमा आयोजना हुने कार्यक्रममा १५ गते मन्थली नगरपालिकामा कार्यक्रमको समीक्षा सहित सम्पन्न हुने छ ।

चुनावी सभा गर्न लागेको मन्थली नगरपालिका, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरूमा चुनावी सभा हुन लागेको हो । साथै प्रदेश सभा ‘ख’ मा प्रतिनिधि र प्रदेश सभाको संयुक्त कार्यक्रम कात्तिक १६ गतेदेखि सुरु हुने तयारी छ ।

चुनावी सभा हुने तालिका हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४