Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेविसंघ रामेछाप दुई ध्रुबमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आसन्न निर्वाचन नजिकिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप भने दुई धारमा टुक्रिएको छ ।

लामो समयदेखि जिल्ला अधिवेशन नभएको काँग्रेसको भातृ संस्था नेविसंघमा निर्वाचन नजिकिएको भन्दै केन्द्रीय अध्यक्ष दुजाङ् शेर्पाले विनोद बुढाथोकीलाई अर्को निर्णय नहुँदा सम्मको लागि भन्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिएका छन् । तर, अधिकांश जिल्ला सदस्यहरूले सङ्गठनभित्र बिना छलफल नेविसंघमा छोटो समयमा लागेका बुढाथोकीलाई अध्यक्ष बनाइएको भन्दै विरोध गर्दै आएका छन् ।

बुढाथोकीलाई पार्टीका जिम्मेवार नेताको चाकडी गरेको, नेविसंघमा कुनै ठूलो योगदान नहुँदा नहुँदै जिम्मेवारी दिएको एक समूहको आरोप छ । 

यसै सन्दर्भमा जिल्ला अध्यक्ष बनेका बुढाथोकीको समूहले गठबन्धनका उम्मेद्वार, पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई समेत उपस्थिति गराई शुक्रवार काठमाडौँमा ‘युवा विद्यार्थीको भूमिका’ विषयक चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रममा गरेको थियो  

काठमाडौंमा सम्पन्न नेविसंघ कार्यक्रम ।

सो कार्यक्रममा नेविसंघका २,४ जना मात्रै रहेको सबै पार्टीका मान्छे उपस्थिति गराएर कार्यक्रम गरिएको बहुमत सदस्य आफूहरूसँग रहेको दाबी गर्न अर्को समूहको भनाई छ ।

जिल्ला अध्यक्ष बुढाथोकीको नेतृत्वमा गरिएको भेला भव्य रूपमा सम्पन्न भएको आयोजकले दाबी गर्छ । 

यसै सन्दर्भमा शनिवार संगठनका जिल्ला उपाध्यक्ष बिमल पौडेलसहित ३१ जना सदस्यले हस्ताक्षर गर्दै बसेको अर्को भेला तथा छलफलले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ ।

रामेछाप मन्थलीमा सम्पन्न नेविसंघको भेला 

सदरमुकाम मन्थलीको एक होटेलमा भएको भेलाले नेविसंघका विद्यार्थीलाई मतादाता शिक्षामा खटाउने, प्रचारप्रसार गर्न सघाउने र बुथको सुरक्षामा खटाउने निर्णय गरेको छलफलपछि जारी गरिएको ‘माइनोट्मा’ पत्रमा उल्लेख गरिएको छ ।

शनिवार भएको भेला निर्वाचनपछि नेविसंघको १ महिनाभित्र पालिका, क्षेत्र र जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको उल्लेख छ । रामेछापमा ११ वर्षदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४