Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले रामेछापले बनायो गोकुलगंगा,लिखु,र मन्थलीमा बनायो निर्वाचन परिचालन कमिटी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 3.3K
    SHARES

काठमाडौं । आगामि मंसिर ४ गतेको निर्वाचनका लागि प्रचार अभियान आरम्भ गरेको नेकपा एमाले रामेछापले जिल्लाका तीन वटा गाउँपालिकामा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सकेको छ । यस अघि मन्थली,लिखु तामाकोशि गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको एमालेले शनिबार गोकुलगंगा गाउँपालीकामा पनि उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा शनिबार भएको उक्त कार्यक्रममा बौल्दै सदस्य ढुंगेलले नेकपा एमाले संग मात्र एक्लै निर्वाचन लड्ने तागत भएकोले काँग्रेस माओवादीले गठबन्धन रोजेको वताउनु भएको छ । यो मुलुकमा नेकपा एमालेसँग मात्रै एक्लै चुनावमा जाने तागत भएको भन्दै उहाँले सुर्य चिन्हमा मतदान गर्न मतदाता आतुर रहेको पनि बताउनुभएको थियो ।

नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुङ्गेलले एक्ला एक्लै निर्वाचन लड्ने हो भने एमालेले प्रत्यक्ष तर्फको १६५ सिट मध्य १२५ सिट जित्ने दाबी समेत गर्नु भएको थियो । एमालेका विरुद्धमा सबै राजनीतिक शक्तिहरू सारा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, पैसा सबै प्रयोग गरेर लागेको पनि उहाँको आरोप छ । एमालेलाई निर्वाचन जित्न माधवकुमार नेपाल, झलनाथ खानाल लगायतका समूहहरूका कारण कुनै असर नपार्ने भन्दै भ्रमको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नु भयो ।

शुक्रबार पनि नेकपा एमाले रामेछाप मन्थली नगर कमिटीले मन्थलीमा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि पार्टि निर्वाचनमा होमिएको उद्घोष गरेको थियो । एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लबकुमार श्रेष्ठ, जिल्ला उपसचिव प्रकाशकुमार कार्की, एमालेबाट प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।

कार्यक्रमका वक्ताले अबको ध्यान मङ्सिर ४ को निर्वाचनमा केन्द्रित हुन पर्नेमा जोड दिनुभयो । एमालेका उम्मेदवारलाई जिताउन योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने उहाँहरूले बताउनुभयो । यसको लागि पार्टी नगर कमिटीलाई विशेष योजना बनाएर अघि बढ्न र कार्यकर्तालाई हरेक मतदाताको घरमा पुग्न आग्रह गर्नुभयो । यसै गरी एमालेले शुक्रबारनै धोबी बजारमा लिखु तामाकोसी गाउँपालिका निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीको प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता तथा गाउँपालिका पार्टी अध्यक्ष भीम तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेको तर्फबाट प्रदेश क का उम्मेदवार शान्तिप्रसाद पौडेल, एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरिया लगायतका नेताहरूले बोल्नु भएको थियो । तीनवटा गाउँपालिकामा उत्साहजनक ढंगले भएको उक्त कार्यक्रमलाई सबै गाउँपालिकामा संचालन गर्नै कार्यक्रम पनि एमालेले तय गरेको छ । यस अन्र्तगतका कार्यक्रम सम्पन भए संगै पार्टिले पुन सबै बस्ति बस्तिमा लक्षित चुनाबी तथा घर देैलो कार्यक्रम संचालन गर्ने तयारी गरेको पनि नेकपा एमाले रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४