Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 3.1K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालीन अन्तरिम आदेश दिएको हो । गुरुङ बैंकिङ कसुरमा दोषी पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

आफू विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन कार्यालयले आफूलाई सुनुवाइको मौका समेत नदिई उम्मेदवारी खारेज गर्ने निर्णय नमिलेको भन्दै गुरुङ सर्वोच्च अदालत गएका थिए । गुरुङसहित नेकपा झलनाथ खनालका छोरा निर्भीक खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरू विरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले गुरुङ र खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतलाई बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । उनीहरुले दुई करोड रुपैयाँ बराबरका आठ वटा चेक काटेकोमा ती सवै बाउन्स भएका थिए ।

#राजु गुरुङ#सर्वोच्च अदालत

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४