Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०८१ चैत्र मसान्तसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 4.2K
    SHARES

काठमाडौं । रामेछापको रामेछाप नगरपालिका २०८१ चैत्र मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । यसका लागी नगरपालिकाले बालमैत्री स्थानिय शासन नीतिगत प्रकृयागत कार्यान्वयनका लागी अबलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । नगरपालिकाले नगरस्तरीय कार्यक्रम सकेर अहिले वडास्तरीय कार्यक्रम संचालन गरिरहेको हो ।

९ वटै वडाहरुमा अभिमुखीकरण कार्यक्रम संचालन हुने छ । आईतबार(आज) वडा नं ८ मा संचालन भएको वडास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडलले बालमैत्री नगरपालिका घोषणामा सबैजना प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउने अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख सरीता बुढाथोकीले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला,आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा प्रशिक्षक विष्णु प्रसाद चतुर्वेदीले प्रशिक्षण दिइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४