Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोल्पामा कांग्रेस माओवादी मिलनले सकारात्मक सन्देश दियो : नेता पुन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २९ २०७९
  • 3.2K
    SHARES

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मिलनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै सकारात्मक सन्देश दिएको बताएका छन ।

गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार अहिले सहकार्य गरिएको बताए ।

पुनले भने, ‘कुनै वेला लडाईँ प्रधान थियो, हामी दुई धु्रव जस्ता भएर लड्यौं, बीचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा ग¥यौं, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ।’

गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बीच देशका सवै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको वताउँदै उनले देशभर २ सय ठाउँमा बागी उम्मेदवारी परेकोमा अहिले बागीको संख्या १० मा झरेको बताए ।

रोल्पा प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध बागी बनेका माआवादी नेता दीपेन्द्र पुन पछि हट्न सकारात्मक रहेको उनले बताए । ‘माओवादी केन्द्रले रोल्पा रुकुम हेरेर मात्र भएन देशका अन्य जिल्लामा कांग्रेसको सहयोगमा माओवादीले उम्मेदवारी दिएको पनि भुल्नु हुँदैन,’ नेता पुनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४