Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी मैदानमा चिकित्सकहरू


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २९ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित उनीहरू चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका डा शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनी आँखारोग विशेषज्ञ हुन्। यस्तै नेपाली कांग्रेसका डा शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिएका छन् ।

यसैगरी चितवन–३ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट डा भोजराज अधिकारीले उम्मेदवारी दिएका छन्। वरिष्ठ फिजिसियन डा अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। ललितपुर–३ बाट शल्यचिकित्सक डा तोसिमा कार्की पनि चुनावी मैदानमा उत्रिएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा कार्कीले राजनीति गर्ने व्यक्ति देशका लागि भन्दा पनि स्वार्थका लागि प्रेरित भएकाले आफू चुनावी मैदानमा उत्रिनुपरेको बताइन्। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन् ।

काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्राडा रामप्रसाद उप्रेती चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी स्याङ्जा–२ (ख) मा नेकपा एमालेबाट डा। बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा सुनील शर्माले मोरङ–३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा डा फरेन्द्र शाहले उम्मेदवारी दिएका छन् । वरिष्ठ बाल रोग विशेषज्ञ डा शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सप्तरी–३ मा हाम्रो नेपाली पार्टीबाट डा नवीन मण्डल, रौतहट–१ मा राष्ट्रिय जनमत पार्टीबाट डा राजेन्द्रप्रसाद साह, महोत्तरी–४ मा जसपाबाट डा सुरेन्द्रकुमार यादव, रौतहट–२ मा नेपाली कांग्रेसबाट डा फिर्दोस आलम र पर्सा–३ (ख)मा जसपाबाट डा मधु गुप्ता चुनावी मैदानमा उत्रिएका छन्। यस्तै छाला तथा यौन रोग विशेषज्ञ डा प्रसन्नकुमार झाले जनमत पार्टीबाट धनुषा–३ (क)बाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ललितपुर–२ बाट दन्तरोग विशेषज्ञ सुदिन शाक्य, ललितपुर–१ बाट डा सचिन घिमिरेले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्। रुपन्देही–२ बाट डा निकोलस भुसालले उम्मेदवार दिएपनि उम्मेदवारी रद्द भएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४