Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनले रामेछापमा सहजै चुनाव जित्छः “कान्छाराम”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २५ २०७९
  • 4.3K
    SHARES

© नेत्र बहादुर कार्की ।

काठमाडौं । सत्ता गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर तामाङ “कान्छाराम”ले यस पटक गठबन्धनले सहजै निर्वाचन जित्ने बताएका छन् । उनले गठबन्धन बलियो रहेको बताउदै विगतमा निर्वाचनमा थोरै मतले पराजित भएपनि यस पटक निर्वाचन सहजै जित्ने बताएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि जन प्रहार डटकम प्रक्रिया दिदै तामाङले विगतमा बाम गठबन्धनको आफू थोरै मात्र मतले पराजित भएको बताउदै यस पटक ठूलो मतान्तरले चुनाव जित्ने बताएका छन ।
उनले भने,‘गत निर्वाचनमा पराजित भएपनि चुनावमा गरेको प्रतिबद्धता पूरा गरेको छु, ।

रामेछापको विकास र समृद्धिको लागि यस पटक पनि उम्मेदवार बनेको छु,। नसक्ने कुरा बोलदिन, बोलेको बाचा पूरा गर्छु ।’
रामेछापवासीको सेवा गर्नका लागि नै आफू उम्मेदवार बनेको बताउदै कांग्रेस रामेछापका सभापति समेत रहेको तामाङले रामेछापको विकास गर्नका लागि उम्मेदवार बनेको बताएका छन् ।

उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुले विश्वास गरेर टिकट दिएको बताउदै गठबन्धनभित्रका सहयात्री दलहरुबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४