Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणकाजी निकटले फुत्काए मुख्यमन्त्री भट्टको टिकट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । प्रचण्डले पनि डोटी एकीकृत समाजवादीको भागमा परेको भन्दै फेरि प्रदेशसभामा लड्ने तयारी गर्न सुझाव दिएर पठाए । भट्ट ढुक्क भएर फर्किए, तर उम्मेदवारी दर्ता गर्ने दिन डोटीको प्रदेशसभा (ख) मा माओवादी केन्द्रबाट शिवसिंह ओलीले टिकट पाए ।

धनगढी । पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रहेका त्रिलोचन भट्ट यस पटक डोटीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । नेकपा माओवादी केन्द्रले डोटीबाट प्रत्यक्ष र समानुपातिक दुबै तर्फबाट नाम सिफारिस पनि गरेको थियो ।
सत्तारुढ गठबन्धनमा भागबण्डाका क्रममा डोटीबाट प्रतिनिधिसभा सदस्यको टिकट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले पाउने भएपछि भट्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं नै पुगे ।
डोटीका एक माओवादी नेताका अनुसार प्रचण्डले पनि डोटी एकीकृत समाजवादीको भागमा परेको भन्दै फेरि प्रदेशसभामा लड्ने तयारी गर्न सुझाव दिएर पठाए । भट्ट ढुक्क भएर फर्किए, तर उम्मेदवारी दर्ता गर्ने दिन डोटीकोप्रदेशसभा (ख) मा माओवादी केन्द्रबाट शिवसिंह ओलीले टिकट पाए ।

२२ गतेको राति १२ बजेसम्म टिकट मुख्यमन्त्रीज्यूकै थियो तर एकाएक खै के भएछ ?,’ मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले भने, ‘१ बजेपछि उहाँको ठाउँमा शिव ओलीजी लड्ने कुरा आयो । पार्टीले उहाँलाई कसरी टिकट थमाएछ थाहै भएन ।’
टिकट पाउने ओली पनि मुख्यमन्त्री भट्टका स्वकीय सचिव (पीए) हुन् । उनी पार्टीको केन्द्रीय सदस्य र डोटी इन्चार्ज समेत हुन् । भट्ट पनि पार्टीको केन्द्रीय सदस्य नै हुन् ।
ओलीले मुख्यमन्त्री भट्टले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ‘उहाँ (मुख्यमन्त्री) र मैले लामो समयदेखि पार्टीका विभिन्न कमिटीमा बसेर सँगसँगै काम गरेका छौँ । पाँच वर्ष त मैले उहाँकोपार्टी केन्द्रसँग केही कुरा होलान् तर म सँग त्यस्तो केही छैन । चुनावमा उहाँले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
डोटीमा प्रतिनिधिसभा नेकपा एकीकृत समाजवादीले पाएपछि चिन्तित बनेका मुख्यमन्त्री त्रिलोचन भट्ट समानुपातिक पद्धतिबाटै प्रतिनिधिसभा सदस्य बन्न चाहन्थे । उनले पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा भनेका थिए, ‘मलाई सुदूरपश्चिमबाट समानुपातिक सूचीको पहिलो नम्बरमा सिफारिस गरिदिनुपर्‍यो ।’
प्रचण्डले समानुपातिक सूचीमा राख्न नसकिने तर फेरि प्रदेशसभा सदस्यको टिकट दिन सकिने बताए । जसरी पनि प्रतिनिधिसभा सदस्य बन्ने होडमा रहेका भट्ट दुवै विकल्प कमजोर भएपछि प्रचण्डको आग्रहअनुसार प्रदेशसभा सदस्यको चुनाव लड्न तयार भएर
काठामाडौँबाट फर्किएका थिए ।
स्रोतका अनुसार भट्टलाई प्रदेशसभामा दोहोरिन नदिन सुदूरपश्चिमका अर्का नेता खगराज भट्ट सक्रिय भएका थिए । यसपटक खगराज मुख्यमन्त्री बन्ने योजनासहित डडेल्धुरा (क) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।
‘पार्टीले फेरि त्रिलोचनलाई टिकट दिँदा चुनाव जितेमा दोस्रो कार्यकाल पनि उनी नै मुख्यमन्त्री बन्छन् भन्ने भय खगराजलाई परेछ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘यसो हुँदा उनको सक्रियतामा त्रिलोचनको टिकट खोसिएको हो ।’
ती नेताका भनाइमा पार्टीको सुदूरपश्चिम इन्चार्ज खगराज त्रिलोचनलाई जसरी पनि प्रदेशसभामा जानबाट रोक्न चाहन्थे र त्यसमा सफल पनि भए ।

नारायणकाजी फ्याक्टर

शिवसिंह ओली माओवादी केन्द्रमा आउनुपूर्व नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा एकता केन्द्रका डोटी जिल्ला अध्यक्ष थिए । २०६५ सालमा एकता केन्द्र र माओवादीबीचको एकतापछि मात्र उनी डोटीमा नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय भए ।
२०५७ सालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका उनी छोटो समयमा प्रगति गर्ने नेताका रुपमा पनि चिनिन्छन् । मुख्यमन्त्री भट्ट माओवादी केन्द्र डोटीको अध्यक्ष हुँदा सचिव भएर काम गरेका ओली पार्टीमा नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।

श्रेष्ठ निकट भएपनि ओलीले यो बीचमा पार्टीको केन्द्रीयस्तरका अरु नेताहरुसँग पनि राम्रो सम्बन्ध बनाइसकेका थिए । उनी आफैं स्वकीय सचिव भएर काम गरेका मुख्यमन्त्रीको प्रदेशसभाको टिकट खोस्न सफल हुनुमा नारायणकाजी फ्याक्टरले काम गरेको डोटीका नेताहरु बताउँछन् ।
‘नारायणकाजी स्वयंले पार्टी अध्यक्ष प्रचण्डसँग सुदूरपश्चिममा मलाई पनि टिकट चाहियो भन्नुभएको रहेछ’, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘खगराज भट्ट पक्षको दबाव खेपिरहेका बेला अध्यक्ष कमरेडले पनि ओलीलाई दिएर लाइनका हिसाबले मिलाएको हो भनेर मुख्यमन्त्रीलाई कन्भिन्स गर्न सजिलो हुन्छ भनेर ओलीलाई टिकट दिएजस्तो छ ।’

मुख्यमन्त्री भट्टप्रतिको वितृष्णा
मुख्यमन्त्रीको पाँच वर्षको कार्यकाल पूरा गर्नेमा मधेशसँगै सुदूरपश्चिमका मुख्यमन्त्री पनि एक हो । उनले पूरा कार्यकाल काम गर्न त पाए, तर पार्टीपंक्तिलाई खुशी राख्न सकेनन् । पार्टीका नेता कार्यकर्ताको भावनाअनुसार काम नगरेको, एकलौटी गर्न खोजेको जस्ता कारण देखाउँदै माओवादी भित्र उनलाई हटाउनुपर्ने माग पनि उठेको थियो ।
प्रचण्डले भट्टलाई हटाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री पद पार्टीको हातबाट गुम्ने हुनाले उनलाई नै कायम राखेको नेताहरु बताउँछन् । तर भट्टसँग विगतदेखि पार्टीको
प्रदेश नेतृत्व र विभिन्न जिल्ला नेतृत्व असन्तुष्ट रहेको कुरा भने प्रचण्डबाट छिपेको थिएन । सोही कारणले पनि भट्टलाई पुनः टिकट दिदा चुनाव हारिने डरले नदिएको चर्चा पनि चलेको छ ।
टिकट खोसिएको विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री भट्ट सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४