Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानविरुद्धको सिरिज इंग्ल्याण्डलाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १७ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–ट्वान्टी सिरिज जितेको छ ।लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको हो ।

योसँगै ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो ।अन्तिम खेलमा जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ मात्र रन बनायो । पाकिस्तानका लागि शान मासुदले ५६, खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए ।

इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । यस्तै, रिस टोप्ली, आदिल राशिद र साम करनले एक एक विकेट लिए । त्यसअघि लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि डेविड मालनले अविजित ७८, ह्यारी ब्रुकले अविजित ४६, बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए । पाकिस्तानका मोहमद हस्नेनले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४