Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा जसपाले हात झिकेपछि सिट बाँडफाँट चेपुवामा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको लागि करिब २ महिनादेखि निरन्तर छलफलमा रहेको सत्ता गठबन्धन अझै सहमतिमा पुग्न सकेको छैन् । समानुपातिक बन्दसूचीमा विवाद भएपछि गत बिहिबारदेखि गठबन्धनको बैठक प्रभावित भएको हाे । दलहरुले आइतबार समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएसँगै पुन: सिट बाँडफाँटको कसरत सुरु भएको छ । तर २ महिनादेखि जारी सिट बाँडफाँट टुंगो लाग्नुको सट्टा गठबन्धनमा गोलमाल देखिएको छ ।

वर्तमान पाँच दलीय गठबन्धन निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । गठबन्धनको चौथो ठूलो शक्ति जसपाले सिट बाँडफाँटका लागि भएका दवाबमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै गठबन्धन बाहिरका दलहरुसँग तालमेलको ढोका खोलेको छ । गत साउन २० गते आसन्न निर्वाचनमा चुनावी तालेमल गर्ने औपचारिक निर्णय गर्दै सत्ता गठबन्धनले आबद्ध दलबाहेक अन्य दलसँग तालेमल नगर्ने भद्र सहमति गरेको थियो ।

उक्त भद्र सहमति विपरित जसपाको शनिबार बसेको बैठकले जुनसुकै दलसँग मिलेर चुनावमा जाने र आफ्नो शक्ति सुरक्षित गर्ने विकल्प खुला गरेको हो । कांग्रेसले धेरै सिटमा दावी गर्दा र अन्य दल व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा सिट बाँडफाँटमा समस्या देखिएको भन्दै सम्मानजनक अवस्थामा मात्रै गठबन्धनमा बस्ने निर्णय गरेको छ ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा समस्या आएको जसपाको निष्कर्ष छ । गठबन्धनका अन्य दलहरु देशभरी प्रतिनिधिसभाका १५ सिट दिन तयार भएपनि जसपाले २५ देखि ३० सिट पाउनुपर्ने दाबी छोडेको छैन् । तर आफ्नो दावी अनुसार सिट दिन सहयात्री दलहरु तयार नभएपछि नेकपा एमालेसँग चुनावी तालमेल गर्ने रणनीति अन्तर्गत जसपाले पछिल्लो निर्णय गरेको हुनसक्ने गठबन्धन दलका नेताहरुको जिकीर छ ।

अर्कोतर्फ गत स्थानीय निर्वाचनमा कांग्रेस मधेशमा पहिलो शक्ति बनेको छ । तर जसपाले मधेश प्रदेशमा आधा भन्दा बढी सिट मागेपनि कांग्रेस सहमत हुने अवस्थामा छैन् । प्रतिनिधिसभाका धेरै सिटमा सहमति जुटाए पनि गठबन्धनका दलहरुबीच प्रदेशसभातर्फ अझै ठोस प्रगति हुन सकेको छैन् । कांग्रेसले केन्द्रमा जस्तै एकमुष्ट भागबन्डा गर्न खोजेपनि गठबन्धनका अन्य दल त्यसलाई मान्न तयार छैनन् ।

प्रदेश सरकार गठनमा आफूहरूको भूमिका बलियो होस् र सकेसम्म नेतृत्व गर्ने अवस्था बनोस् भन्ने सबै दलको चाहनाका कारण प्रदेशसभा निर्वाचन क्षेत्र बाँडफाँटमा उत्तिकै जटिल बनेको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टी पनि उत्तिकै असन्तुष्ट देखिएको छ । सत्तागठबन्धनबाट जसपा बाहिरिए प्रतिनिधिसभा बिघटनविरुद्ध जन्मिएको वर्तमान ५ दलीय गठबन्धनको थप क्षयीकरण विस्तार हुँदै जाने खतरा छ ।

सिट बाँडफाँट चेपुवामा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४