Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई महिनामा नेपालले ५ मुलुकलाई बेच्योे ४८ हजार किलो अचार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 11.1K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको छ ।

साउन र भदौमा ४८ हजार ८९२ किलो अचार बिक्रीबाट नेपालले २ करोड ७१ लाख ८४ हजार रुपैयाँ नगरद आर्जन गरेको छ । जुन गत वर्षको वार्षिक अचार कारोबार बराबर हो ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो । उक्त निर्यातबाट नेपालले ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आवको २ महिनामा नेपालले एक करोड ३८ लाख ९ हजार रुपैयाँको २२ हजार ४४० किलो, दक्षिण कोरियामा १४ लाख ४६ हजार रुपैयाँको ५ हजार २४३ किलो, इटालीमा ८७ लाख ३९ हजारको १७ हजार ४६४ किलो र अष्ट्रेलियमा ३१ लाख ९० हजार रुपैयाँको ३ हजार ७८४४ किलो अचार निर्यात गरेको छ ।

गत वर्ष जापान, क्यानडा र बेल्जिियममा पनि नेपालबाट अचार निर्यात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४