Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैं तिहार कार्यक्रममा धमाका मच्चाउन्न बेलायत पुगे गायक कटुवाल र हास्य कलाकारहरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 9.2K
    SHARES

काठमाडौं । लण्डन बेलायतमा दशैँ तिहारको लागि तय भएका मनोरन्जनात्मक कार्यक्रमहरु गर्नका लागि चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल र हास्य कलाकारहरु  बेलायतमा उत्रिएका छन् ।

प्रवासमा पनि नेपाली कला संस्कृतिको प्रबद्र्धनसहित मनोरञ्जनात्मक कार्यक्रम गर्न गायक तथा हास्य कलाकारहरु लण्डन आइपुगेका हुन् । उनीहरुलाई जेन्स युकेका अध्यक्ष तिलक भट्टराई र जेन्स युकेका सल्लाहकार डा. मुकुन्द बास्तालाले शनिवार साँझ बेलायतमा  स्वागत गरेका थिए ।

कलाकारहरुले बेलायतका विभिन्न शहरमा दशैँ तिहार कार्यक्रम गर्दैछन ।कार्यक्रमका लागि लोक गायक प्रकाश कटुवाल, हास्यकलाकारहरु मरिचमान श्रेष्ठ (उर्फ बल्छी धुर्वे ) र राजु पौडेल (उर्फ राजु मास्टर) शनिवार यहाँ आइसकेका छन् ।

गायक कटुवाल पहिलो पटक बेलायतमा हुने कार्यक्रममा सहभागी हुदैछन् । उनको “चोरी खान पल्केको यो ढाडे बिरालो” लगायतका दर्जनौ भन्दा पनि धेरै गीतहरु निकै चर्चामा रहेका  छन।

मेरी बास्सै हास्य टेलिश्रृङ्खलाबाट चर्चित तथा टेलिश्रङ्खला जुठे ‘र “हल्का रमाइलो’ नामक सिरियलले चर्चित कलाकार बल्छी धुर्वे र राजु मास्टरले दिने कार्यक्रमबाट बेलायतवासी नेपालीहरुले मनोरन्जन लिने अपेक्षा गरेको सफल व्यवसायी तिलक भट्टराईले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४