Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा म्याराथन बैठक, समानुपातिकको सूची सच्याउन सकस


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन ।

शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताएका छन् ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस नेताहरु आज पनि छलफलमै छन् । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि देउवा पक्ष अप्ठ्यारोमा परेको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

त्यसैले कोइराला पक्षले सूची सच्याउन दबाव दिंदै आएको छ । आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४