Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पतालबाट दुई कैदी फरार, छानबिन समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । विराटनगरमा रहेको मोरङ कारागारमा उपचारको क्रममा दुई जना कैदी बन्दी फरार भएको विषयमा छानबिन शुरु भएको छ। मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका २ जना कैदीलाई उपचारको क्रममा क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा फरार भएको प्रहरीले जनाएको छ।

उपचारको क्रममा अस्पतालबाट फरार रहेको घटना सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले छानबिन समिति गठन गरेको हो । शनिवार बिहान मोरङ कारागारबाट लागु औषध मुद्दाका कैदी २८ वर्षीय मन्जिल गुरुङ र जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय राजकुमार हेमरन फरार भएका हुन् ।

उनीहरूलाई उपचाको लागि विराटनगर–७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुवै जना भागी फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कैदी भागेको घटनाको सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा प्रदेश प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिएका छन् ।

छानबिन समितिलाई घटना सम्बन्धमा वास्तविकता पत्ता लगाउन, स्थलगत रूपमा खटिई गई सत्य तथ्य छानबिन गर्न १० दिनको समय दिइएको उनले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४