Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानविरूद्धको छैटौं टी–ट्वान्टीमा इंग्ल्यान्डको जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज अन्तर्गत भएको छैटौं खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।

लाहोरमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।यस जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३–३ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको छ ।इंग्ल्यान्डको जितमा फिल साल्टले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ खेले । बेन डुकेटले अविजित २६ रन जोडे । एलेक्स हेल्स २७ रनमा आउट हुँदा डाविड मालनले २६ रन बनाए ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहमद नवाजले १२ रन बनाए ।इंग्ल्यान्डका डेविड विलि र साम करणले २/२ तथा रिस टोप्ली र रिचर्ड ग्लेसनले एक/एक विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४