Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेह्र जना बिरुद्ध कर्तव्य ज्यान मुुद्धा दर्ता, १२ जना तारेखमा छुटे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 2K
    SHARES

काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा माझी समुदायले पितृ खुशी नभएको भन्दै स्थानिय बिबि माझीलाई कर्तव्य गरि ज्यान लिएको घटनामा संम्लग्न १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्धा दर्ता गरि उनीहरु विरुद्ध थप अनुसन्धान थालेको छ ।

पितृ खुशी नभएको भन्दै आइतवार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानिय ५५ बर्षिय बिबि माझीको हत्या गरेका थिए । सोही घटनामा मृतक बिबि माझीको आमा ७० बर्षिय सुनमाया माझी घाइते भएकी थिइन । घटनामा संलग्न भएको भन्दै प्रहरीले घटनास्थलवाट आइतवार र सोमवार गरि २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकाहरु मध्ये १३ जना विरुद्ध मतृकको झड्केलो छोरा (नाता पर्ने) पदमलाल माझीले कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएसँगै उनीहरु बिरुद्ध प्रहरीले आवश्यक म्याद थप गरि अनुसन्धान अघि वढाएको छ । प्रहरीले नियन्त्रणमा लिएका अन्य १२ जनालाई भने सोधपुछको क्रममा उक्त घटनामा संम्लग्न नदेखिएकाले पछि प्रहरीले बोलाएको बखत उपस्थित हुने गरि माथवर व्यक्तिको जिम्मा लगाई आज छोडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन् ।

उनका अनुसार–किटानी जाहेरी अनुसार खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका वर्ष ३७ का शिवबहादुर माझी, वर्ष ४० की राधिका माझी, वर्ष १७ की सपना माझी, वर्ष १९ को भरत माझी र वर्ष २० को सुरज माझीलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत मुद्धा अघि वढाइएको छ । त्यसैगरी सोही घटनामा संलग्न भएको भन्दै १६वर्षिय सबिना माझी, १९ वर्षिय मनिषा माझी, वर्ष १६ को सिरिस भन्ने रामकुमार माझी, वर्ष २६ को धन वहादुर माझी र वर्ष १९ को राजेश माझी विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक थिङले जानकारी दिएका छन् ।

  • प्रहरीको सोधपुछपछि छुटनेहरुः

प्रहरीले घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएकाहरु मध्ये १२ जना भने प्रहरीले खोजेको बखत कार्यालयमा उपस्थित हुने गरि छुटेका छन् ।

छुट्नेहरुमा खाँडादेवी–३ भिरपानी सित्खाका वर्ष २२ की सिर्जना माझी, वर्ष २४ को भरत माझी (ठूलो), वर्ष २४ को कुमार माझी, वर्ष २४ को उदय बहादुर माझी, वर्ष २४ को पुसमान माझी, वर्ष ३२ को शुक्र बहादुर माझी र वर्ष १९ को रामहरी माझी रहेका छन् । त्यसैगरी सोही घटनामा छुट्नेहरुमा वर्ष ३० को विज्ञान माझी, वर्ष ५४ को धर्म बहादुर माझी, वर्ष २६को शुक्रे माझी, वर्ष २९ को राजु माझी र वर्ष २० की संगिता माझी रहेका छन् । उनीहरु सबैलाई प्रहरीले बोलाएको बेला जुनसुकै समयमा पनि कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

  • घाइते सुनमायाको अवस्थाः

माझी समुदायको कुटाईवाट गम्भिर घाइते भएकी वर्ष ७० की सुनमाया माझीको अवस्था सुधार हुँदै गएको छ । हाल उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा आफन्त बिना नै उनी उपचाररत रहेकी छिन् । उनको अस्पतालका कर्मचारीले दैनिक रेखदेख गर्दै आएका छन् । उनको शरिरमा केही चोटपटक लागेको र मानसिक रुपमा विक्षिप्त भएकाले उनलाई केही समय मनोचिकित्सकद्धारा परामर्श दिनुपर्ने देखिएकाले केही दिन अस्पतालमा नै उपचार गराउनुपर्ने मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिएका छन् ।

उपचार पछि छोरी गुमाएकी एक्ली सुनमायालाई राख्न सेफ हाउसको व्यवस्था मिलाउने गरी काम अघि वढाएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने–उहाँको आफन्त कोही नभएकाले उहाँको रेखदेख गाउँपालिकाले गर्ने गरि व्यवस्थापनमा जुटेको जानकारी दिएका छन् ।

  • मृतक बिबि माझीको शब पोष्टमार्टमको लागि भक्तपुर पठाइयो

धर्मको नाममा माझी समुदायले बिभत्स तरिकाले हत्या गरिएकी बिबि माझीको शव सुुक्ष्म तरिकाले परीक्षण गर्नुपर्ने भएपछि उक्त शव मन्थली अस्पतालले मगंलवार भक्तपुरमा रहेको मेडिकल शिक्षण अस्पताल दुवाकोट पठाएको छ । घटना गम्भिर प्रकृतीको भएकाले उक्त घटनाको बिषयमा विस्तृत जानकारी शवको रिर्पोट मार्फत आउने भएकाले उक्त शव पोष्र्टमार्टको लागि शिक्षण अस्पताल भक्तपुर पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४