Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा विशेष साधारण सभा आज, दुई सदस्यका लागि निर्वाचन हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 6.1K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा धिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ ।

साधारण सभाले एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ ।

साउन २६ को कार्यसमिति बैठकले विशेष साधारण असोज १२ गते गर्ने निर्णय गरो थियो । गत ६ असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएपछि बाँकी दुई सदस्यका लागि आज निर्वाचन हुनेछ ।

चार जना सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो । त्यतिबेला अर्को साधारण सभाबाट दुई सदस्यको टुङ्गो लगाउने एन्फाले जनाएको थियो ।

असार ६ को निर्वाचनबाट केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रवीन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।

असार ६ मा सम्पन्न निर्वाचनबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढ थापा र मणिराज विष्ट तथा महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका थिए ।

दुई सदस्य निर्वाचपत भएपछि एन्फा कार्यसमितीले पूर्णता पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४