Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापका न.पा.का प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको बिदाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १० २०७९
  • 3.9K
    SHARES

काठमाडौं। रामेछाप नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई रामेछापमा भव्य बिदाई गरिएको छ । लामगादे करिब दुईबर्ष अगाडी रामेछाप नगारपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्य सम्पादन गर्न आएका थिए ।

उनले रामेछाप नगारपालिकामा पदभार ग्रहण गरेपछि सेवाग्रहीहरुलाई सहज बनाउन भुमिका निर्वाह गर्दै जनमैत्री सेवा शुरु गर्ने पहिलो दिनै बताएका थिए । भने कार्यपालिका सदस्यहरुवाट सल्लाह र सहकार्यमा अत्याधिक पहल गरेर अगाडी बढ्ने पनि वताएका थिए ।

नभन्दै लामगादेले कार्यपालिकामा विवादका कारण कार्यपालिकासमेत बस्न नसकेको समस्यालाई कुशलतापुर्व कार्यपालिका बस्ने वातावरण बनाउन सफल भई अन्य प्रशासनीक क्षेत्रमा उल्लेखनिय सुधार गरी रामेछाप नगारपालिकालाई बागमती प्रदेशको वित्तिय सुधारको क्षेत्रमा समेत १ नम्बर बनाउन सफल भएका थिए ।

सोही कार्य क्षेत्रमा र जनमैत्री काम गरेको भनि रामेछापका बिभिन्न संघ,संस्थाहरुले समेत भव्य स्वागत गरी बिदाई गरेका हुन् । रामेछाप नगरपालिका, रामेछाप विजनेस एण्ड प्रोफेशनल ओमेन (आरविपी डब्लु रामेछाप) श्री समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लगायत सम्पुर्ण महिला कर्मचारीहरुद्धारा लामगादेलाई कार्य क्षमताको प्रसंशा गर्दै भव्य स्वागत गरिएको छ ।

२०७९ असोज ९ गते रामेछापमा मात्रै छुट्टाछुट्टै बिभिन्न कार्यक्रम गरी उक्त सम्मान तथा विदाई कार्यक्रम भएको हो ।

त्यस्तै निजामति कर्मचारीहरुकै अर्को संस्था कर्मचारी मिलन केन्द्रले मन्थलीमा कार्यक्रम आयोजना गरी त्यहापनि लामगादेलाई विदाई गरेको हो । उनि रामेछाप नगरपालिकावाट लमजुङको मध्य नेपाल नगरपालिकामा सरुवा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४