Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज ९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ९ २०७९
  • 2.3K
    SHARES

 ९ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको २५ तारिक २०२२ । आश्विनकृष्णपक्ष अमावस्या अर्थात् औशी, आजको दिन सोह्र श्राद्धको अन्तिमदिन पितृ विसर्जन गर्ने दिन हो । आजको दिन आफ्ना मृतक पितृगणलाई सम्झना गरेर भोलिदेखि विजयादशमी अर्थात् घटस्थापना शुरु हुने गर्दछ ।आज चतुष्पद करण, उत्तरफाल्गुनी नक्षत्र, शुभ योग, चन्द्रमा सिंह राशिमा रहेको छ । बिहान सूर्योदय ५ः५४ मा भएको छ भने सूर्यास्त ५ः५९ मा हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आइतबार सूर्यनारायणको दर्शन गर्नु उत्तम मानिन्छ । आजको दिन औँशी भएकाले नियमतिबाहेक नयाँ र शुभकार्य गर्नु उत्तम मानिँदैन । औँशीको दिन पितृकार्यका लागि शुभ मानिएको छ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिउँसोदेखि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ। अरूका काममा अमूल्य समय खर्चनुपर्ला।गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। तापनि नयाँ कामतर्फ आकर्षित भइनेछ र समस्या समाधान हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्नाे लाभांशमा अरूले रजाइँ गर्नेछन्। दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ। स्वास्थ्य कमजाेर देखिए पनि काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ पनि हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष काम बिहानकाे समयमै गर्नुहाेला। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। दिउँसोदेखि पारिवारिक उल्झनमा परिएला। आफन्त टाढिनेछन् भने अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। अरूको मुख ताक्नाले पछि परिनेछ। भूमि र पशुधनबाट सामान्य लाभ मिल्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
उपलब्धि हातपार्न धेरै मिहिनेत गर्नुपर्ला। तापनि आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। प्रतिस्पर्धामा उत्रिनुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहाेला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसरले पछ्याउनेछन् भने ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने फजुल खर्च पनि बढ्ने सम्भावना छ। अरूको मुख ताक्नाले पछि परिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च बढ्नुका साथै अर्थ अभावकाे संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि भने दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा दिगाे फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् र सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नो कर्मफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले पछि परिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरका लागि केही संघर्ष गर्नुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश सानोतिनो कामले अलमल्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। दिउँसोदेखि स्थितिमा सुधार आउनाले काममा उत्साह जाग्नेछ। तर स्वास्थ्य कमजाेर रहनाले श्रम गर्न बाधा पर्नेछ। परोपकारी कामले अरूको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। दिउँसोदेखि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४