Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमाकुण्ड गाउँपालिकाद्दारा वडा वडामै पुगेर सेवा प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर सेवा प्रदान गरेको छ । गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ती शिविर सेवा संचालन गरि गाउँपालिकाको सेवाहरु वडाबाटै प्रदान गरेको हो ।

७ वटै वडामा पुगेर प्रदान गरिएको घुम्ती शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् ।

भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको शिविर वडा नं १ गुम्देलमा बुधबार सम्पन्न भएको छ । शिविरमा २४३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । १४० जनाले ज्येष्ठ नागरिकको प्रमाणपत्र,३८ जनाले अपाङ्गता परिचयपत्र लिएको प्रमुख प्रशासकीय दिलकृष्ण श्रेष्ठले जन प्रहारलाई जानकारी दिनुभयो ।

शिविरमा ७४ वटा योजना सम्झौता ,यावसायिक दर्ता तर्फ १२६ वटा,नवीकरण २७ वटा र इजाजत पत्र १०८ वटा वितरण गरिएको पनि उहाँले बताउनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेको एक हप्ते एकीकृत घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ र ईलाका प्रशासन कार्यालय लाप्चानेका प्रशासकीय प्रमुख उदयराज गौतम सहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४