Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली क्याम्पसमा शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । बिजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल संम्बतको अवसर पारेर मन्थली सहिद स्मृति बहुमखी क्याम्पस मन्थलीमा शुभकामना आदान–प्रदान तथा विबिधि सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

क्याम्पसको अतिरिक्त कृयाकलाप समितिको आयोजनानामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले शैक्षिक सुधारका लागि आफूहरुले सकेको सहायोग गर्ने भन्दै शुभकामना आदान प्रदान गर्नु भएको थियो । कार्यक्रमका अबसरमा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।



क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरेर गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले आफूले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेको भन्दै मन्थली नगर पालिकामा रहेको एक मात्र क्याम्पस तथा जिल्लामा गुणस्तरीय सुनिश्चता तथा प्रत्यायन (त्तब्ब्) प्राप्त मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तर कायम राख्न नगरबाट गर्न सकिने सम्पूर्ण सहयोगको लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाले हाम्रो सास्कृतिक चाड पर्वहरुमा अनावश्यक फजुल खर्च नगरी आफ्नो हैशियत अनुरुप मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

सो अबसरमा सञ्चालक समितिका सदस्य कुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख रीता दाहाल, पूर्व क्याम्पस प्रमुख टंकप्रसाद दाहाल, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष पुष्कर भट्टराई, स्ववियू सचिब बिमल पौडैल, पत्रकार महासंघ रामेछापका मिलन बि.क.,नेबिसंघ क्याम्पस इकाई समितिका युवराज थापामगर,अनेरास्ववियु क्याम्पस कमिटिका सुशील थापा, अनेरास्ववियू (क्रान्तिकारी) का निराज अधिकारी, प्राज्ञिक बिद्यार्थी परिषदका निरोज श्रेष्ठ लगाएतले आ–आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।



सो अबसरमा प्रदर्शन गरिएको साँस्कृतिक कार्यक्रममा गीत, नृत्य, कविता, गजल, मुक्तक, प्रहसन, जस्ता मनोरन्जनात्क कृयाकलापहरु गरिएको थियो । कार्यक्रमको संचालन भने क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख प्रदीप सुवेदीले गर्नु भएको थियो ।

सो अबसरमा प्रदर्शन गरिएको साँस्कृतिक कार्यक्रममा गीत, नृत्य, कविता, गजल, मुक्तक, प्रहसन, जस्ता मनोरन्जनात्क कृयाकलापहरु गरिएको थियो । कार्यक्रमको संचालन भने क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख प्रदीप सुवेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४