Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खड्का र युरोपेली सांसदको टोलीबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा नेपाल र युरोपेली युनियनबीच पर्यावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, लगानी र विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले गरेको तयारीलगायत दुई पक्षबीच जारी सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार यस क्रममा महामारीपछि पर्यटन क्षेत्रको पुनस्र्थापना र नागरिक उड्डयनलगायत विषयमा पनि कुराकानी भएको थियो । नेपाली जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध लागेको ८ वर्ष बितिसकेको छ ।

नेपालले प्रतिबन्ध हटाउन आग्रह गरिरहेको भए पनि युरोपेली युनियनले सकारात्मक जवाफ दिएको छैन । नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले आएको दिन नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४