Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्न गृहमन्त्री खाणको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 3.7K
    SHARES

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृह प्रशासन र स्थानीय प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउन उक्त निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा गएको जानकारी दिए ।

काठमाडौँबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–२ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए । उनले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

भीमफेदी गाउँपालिकामा आज दिउँसो भएको दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र १७ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा३ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४