Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ७२ करोडमा सीमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ । नेपाल बैंकर्स संघको ३० भदौ बिहान बसेको बैंठकले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गर्दै १२.१३ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गरेपछि सोही दिनदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

२९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो । तर, आज पाँचौ कारोबार दिनमा भने नेप्सेमा दोहारो अंकको सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.२२ अंक (०.६१ प्रतिशत) ले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार भने ७२ करोड १३ लाखमा सीमित भएको छ । नेप्सेले असारदेखि भदौसमम शुक्रबार दुई घण्टाको लागि कारोबार सञ्चालन गर्दा ७२ करोडभन्दा कमको कारोबार भएपनि ४ घण्टा नै बजार सञ्चालन हुँदाको कारोबार रकम भने कोभिड-१९ पछि नेप्सेमा बुलिस ट्रेन्ड सुरु भएयताकै न्यून हो ।

बुधबार नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड ४१ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८७ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको भने स्थिर छ ।सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा समिट लघुवित्तको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । यता विन नेपाल लघुवित्तको सेयर मूल्य ३.६३ प्रतिशत र नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ३.४० प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४