काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देश भर थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।