Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 6K
    SHARES

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ ।

‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा महासंघको प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरिएको भन्दै महासंघले यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ । सबै चलचित्रकर्मीले टिकट काटेर फिल्म हेर्ने बानी बसाल्न समेत महासंघले आग्रह गरेको छ ।

‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए । उनले सार्वजनिक रुपमै यस्तो भनेपछि विवाद थप पेचिलो बनेको छ ।

खड्काले राजीनामा मागेपछि उत्पन्न विवादपछि आइतबार चलचित्र विकास बोर्डको बैठक बसेको थियो । बैठकमा चलचित्र संघसँग वार्ता गर्ने र विवाद समाधानका उपायबारेमा छलफल भएको बोर्ड सदस्य राज कटुवालले जन प्रहारलाई जानकारी दिएका छन्  ।

‘प्रेमगीत ३’ शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा प्रदर्शन हुँदैछ । नेपालमा अहिलेसम्म हिन्दी संस्करण सेन्सर भइसकेको छैन । भारत प्रिमियरका लागि निर्देशक र कलाकारहरु यतिबेला मुम्बईमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४