Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको समानुपातिक उम्मेदवार टुंग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 4K
    SHARES

काठमाडौं । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेपाली कांग्रेसका नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु छलफलमा जुटेका हुन् ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरु सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ ।  प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिएका छन्  । कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताएका छन् ।

शीर्ष तहका नेताहरुको बैठक चार दिनदेखि बसिरहेपनि नाममा सहमति जुट्न सकेको छैन । दलहरुले समानुपातिक तर्फको नाम समावेशीताका आधारमा बुझाउनुपर्दछ । बन्द सूचीमा महिलाको संख्या ५० प्रतिशत अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४