Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुग्लिन पुलबाट हाम फालेर दोलखाका बैतेश्वरका घिमिरे बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 2.1K
    SHARES

पुष्कर खड्का

रामेछाप । मुग्लिन पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५ स्थित चितवन र तनहुँ जोड्ने पुरानो पक्कीपुलबाट हाम फालेर दोलखाका एक युवक बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर २ (साविक गैरीमुदी ९) का २७ वर्षिय निराजन घिमिरे नदीमा हामफालेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार बागमती प्रदेश ०२–०३१ प ५२१४ नम्बरको मोटरसाइकलमा आएका युवाले मोटरसाईकल पुलमा छाडेर झोला मोटरसाइकल माथि राखेर पुलबाट नदिमा हाम फालेको बताएका छन् ।

मोटरसाईकलमा उनको झोला ,सवारी चालक अनुमति-पत्र र सुसाईट नोट भेटिएको
मुग्लिन प्रहरीले प्रहरीले बताएको छ । मुग्लिन प्रहरीका अनुसार (शुक्रबार) साँझ ५ः३० बजेको समयमा घट्ना भएको हो । बेपत्ता भएको घिमिरेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४