काठमाडौं । रामेछाप जिल्ला पुर्ब बेताली गाउँ बिकास समिति वडा नं. ७ हाल गोकुलगंगा गाउँपालिका वडा नं.४ घर भएका र काठमाडौँमा नै बसोबास गर्दै आएका काजीबहादुर कार्की काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र रुपमा चुनाव लड्ने भएका छन् ।
कार्कीले २१ बुँदे प्रतिबद्धता जारी गर्दै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार घोषणा गरेका हुन् ।
