Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 4K
    SHARES

पुष्कर खड्का

रामेछाप । काठमाडौंबाट चौतारा तर्फ आउँदै गरेको कार सिन्धुपाल्चोकमा दुर्घटना भएको छ ।

बा ४ च ५६ ७७ नम्बरको सुजुकी कार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरीस्थित चौतारा बन्देउ सडकखण्डमा दुर्घटना भएको हो ।

कार दुर्घटना हुँदा दोलखाका दुई सहित ४ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २८ वर्षिय सोनाम तमाङ, २२ वर्षिय राजेश तमाङ र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र प्रतिमा गिरी घाइते भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।

डिएसपी बुढाथोकीले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते हुनेहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताउनु भयो । कार सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४