Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलिदेखि देशभर सहुलियत पसल सञ्चालनमा आउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 4.4K
    SHARES

शनिबारदेखि देशभर सरकारी सहुलियत पसल सञ्चालनमा आउने भएको छ ।

काठमाडौं । शनिबारदेखि देशभर सरकारी सहुलियत पसल सञ्चालनमा आउने भएको छ । सहुलियत पसल सञ्चालनको सम्पूर्ण तयारी सकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

१ असोज बिहान ११ बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दशैं, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन आरम्भ हुने कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताएका छन् ।

सहुलियत पसल सञ्चालनको सबै तयारी सकिएको छ,’ खनालले भने, ‘उद्योग, वाणिज्य तथा आपूपर्ति मन्त्रीले उद्घाटन गर्ने गरी बिहान ११ बजे कार्यक्रम तय भएको छ ।’ सहुलियत पसल ४५ दिनसम्म सञ्चालनमा आउने छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासहितको सहभागीतामा सञ्चालन हुने सहुलियत पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सञ्चालन गर्नेछ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल सञ्चालन हुनेछन् । यस्तै साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छ ।

सहुलियत पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, जिउँदा खसी बोका र च्यांग्रा लगायत बिक्रीमा हुनेछन् । सहुलियत पसलमा कम्तीमा २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाइने छ ।

सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइने छ । कर्णाली सीमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।

नुन किलोमा २ रुपैयाँ, घिउ किलोमा ५० रुपैयाँ र पनि तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइने छ । यस्तै घटस्थापनादेखि तिहारसम्म दही प्रतिलिटरमा १० रुपैयाँ छुट पाइने छ । खसी बोका र च्यांग्राको खरिद मूल्य भने तोक्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४